लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १६ : ४८
लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । नेपाली सेनाका प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्वमा भगवती प्रसाद गुल्मको छैटौँ डफ्फाका ५८ जना लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलबदलीका लागि प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि लिबियामा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्न अर्को टोली शनिबार मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

उक्त मिसनमा तैनाथ स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५९ जना शान्ति सैनिकहरू सेनानी मोहन सिंह भण्डारीको नेतृत्वमा आइतबार स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस