काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणको भविष्य प्रधानमन्त्रीको कार्यशैलीमा भर पर्ने बताएका छन्। प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्री ‘प्रचण्ड’ले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गरुन्जेल एमाले गठबन्धनकै पक्षमा रहने बताएका हुन्।
महासचिव पोखरेलले सत्ता बाहिर रहनुको छटपटीले काँग्रेस नेताहरूमा देखिएको उनको भनाई छ। उनले वर्तमान सत्ता गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने बताए।
विगतमा कम्युनिष्ट एकता बचाउन नसक्नु गम्भीर त्रुटि भएको बताउँदै महासचिव पोखरेलले एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता र बलियो कम्युनिष्ट शक्ति निर्माण नै रहेको बताए।
‘एमालेको प्राथमिकता वर्तमान सत्ता समीकरणको निरन्तरता हो। बलियो कम्युनिष्ट शक्ति निर्माण हो’, महासचिव पोखरेलले भने ‘पार्टी एकता र २०८४ को निर्वाचनका लागि नयाँ सत्ता समीकरण निर्माण भएको नभई मुलुकलाई संकटमुक्त बनाउनका लागि हो। कम्युनिष्ट शक्तिका बीचमा सहकार्यको थालनी गर्नु मात्रै हो।’
महासचिव पोखरेलले संसदमा गृहमन्त्री रवि लामिछानेलाई बोल्नमा रोक लगाउनु काँग्रेसको पश्चगामी सोच भएको टिप्पणी गरे। उनले यो प्रयत्न परिवर्तनका लागि सङ्घर्ष गरेको पार्टी नेपाली काँग्रेसका लागि शोभनीय नभएको बताए।
महासचिव पोखरेलले प्रक्रियाबाटै सहमतिमा जिल्ला नेतृत्व चयन गरेर दाङका नेता कार्यकर्ताले मुलुकलाई सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल