काठमाडौ । ललितपुर महानगरपालिका-१७ स्थित एक टहरोमा भएको आगलागीमा परी एकै परिवारका मृत्यु हुनेको संख्या चार पुगेको छ।
मोबिल भण्डारण गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको हो। योसँगै सो आगलागीमा परी उनको परिवारका ४ जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेश सुवेदीका अनुसार आगलागीमा परी घाइते भएका दुई छोरी र आमापछि बुवा सञ्जयको पनि शनिबार मृत्यु भएको हो।
यसअघि सोही अस्पतालमा उपचारका क्रममा सञ्जयकी श्रीमती रुपा गिरीको गत वैशाख ३१ गते मृत्यु भएको थियो भने आगलागी भएको भोलिपल्टै अर्थात् वैशाख २४ गते उनका दुई छोरी ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, ०९ : ३४
लेखकबाट थप