एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना यात्रु बोकी सडकमा गुडिरहेको एउटा ट्रक दुर्घटनामा कम्तीमा पाँच बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा चार जना घाइते भएका छन् ।
मृतकमध्ये अधिकांश एकैघरका सदस्य रहेको बताइएको छ । उद्धार अधिकारीका अनुसार बन्नुबाट खुशाबको सून उपत्यका जाँदै गरेको र तीव्र गतिमा रहेको ट्रक चालकको लापर्बाहीका कारण सडकबाट चिप्लिएर केही तल खाल्डोमा खसेको थियो ।
दुर्घटनापछि घटनास्थलमा उद्धार टोलीले मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।
यसैगरी कराँचीबाट बलुचिस्तानको शाह नुरानी मस्जिदमा तीर्थयात्रीहरू लिएर जाँदै गरेको अर्को एक ट्रक दुर्घटनाग्रस्त हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएका छन् ।
उक्त घटनापछि मृतक र घाइतेहरूलाई तुरुन्तै कराँची ट्रमा सेन्टरमा पठाइएको थियो । घाइतेजनको अहिले उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ जेठ २०८१, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते