एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना यात्रु बोकी सडकमा गुडिरहेको एउटा ट्रक दुर्घटनामा कम्तीमा पाँच बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा चार जना घाइते भएका छन् ।
मृतकमध्ये अधिकांश एकैघरका सदस्य रहेको बताइएको छ । उद्धार अधिकारीका अनुसार बन्नुबाट खुशाबको सून उपत्यका जाँदै गरेको र तीव्र गतिमा रहेको ट्रक चालकको लापर्बाहीका कारण सडकबाट चिप्लिएर केही तल खाल्डोमा खसेको थियो ।
दुर्घटनापछि घटनास्थलमा उद्धार टोलीले मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।
यसैगरी कराँचीबाट बलुचिस्तानको शाह नुरानी मस्जिदमा तीर्थयात्रीहरू लिएर जाँदै गरेको अर्को एक ट्रक दुर्घटनाग्रस्त हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएका छन् ।
उक्त घटनापछि मृतक र घाइतेहरूलाई तुरुन्तै कराँची ट्रमा सेन्टरमा पठाइएको थियो । घाइतेजनको अहिले उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ जेठ २०८१, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु