तीन जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

सफल खबर संवाददाता

शनिबार, ०५ जेठ २०८१, ०८ : ४४
तीन जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

काठमाडौ । गृह मन्त्रालयले तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ ।

मन्त्रालयले बाँके, बाग्लुङ र पर्वतमा नयाँ सीडीओ पठाइएको हो ।

जसअनुसार बाँकेमा खगेन्द्रप्रसाद रिजाल, बागलुङमा नेत्र सुवेदी तथा पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ । बाँकेका सीडीओ श्रवण पोखरेलको अन्यत्र सरुवा भएपछि पद रिक्त थियो ।

शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस