काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो ।
सदन सुचारु रुपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच कुरा नमिल्दा सूचना टाँस गरेर पर्सीसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जनाएका छन् ।
गृहमन्त्री माथि संसदीय छानविन माग गर्दै संसद अवरुद्ध गर्दै आइरहेको दल नेपाली कांग्रेस र सत्ता पक्ष दलहरुबीच सहमती नजुट्दा आजको बैठक पनि प्रभावित भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी
प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित