काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा काँग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभई काँग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् ।
आफू बसेको ठाउँमा काँग्रेस सांसदहरू आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए । उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि काँग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा धकेलाधकेल भएको थियो । काँग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।
सदनमा काँग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काँग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेका थिए । ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरू पनि धकेलाधकेलमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना