काठमाडौं। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको समयमा सूचना टाँसेर स्थगित भएको हो ।
सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ । बिहीवार संसदमा सत्ता र प्रतिपक्षबीच हात हालाहालको स्थिति भएको थियो ।
संसद बैठकअघि सभामुख देवराज घिमिरेले सचेतकहरूसँग छलफल गरेका छन् । नेपाली कांग्रेसले विपक्षी दलका नेतासँग छलफल गरेको छ । कांग्रेसले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने अडान राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर