काठमाडौं। नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायीत्व, सुशासन विकास र सामाजिक न्याय सहित समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिबद्धत रहेको बताए। संघीयता कार्यान्वयनका साथै आर्थिक विकासका साथै सुशासन प्रवद्र्धनका साथै सार्वजनिक सेवा प्रवाहमा सहजीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको उनले बताए।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र सन्तुलित परराष्ट्र नीति कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको राष्ट्रपति पौडेलले बताए। उनले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि सरकारले ध्यान केन्द्रीत गरेको जिकिर गरे।
नीति तथा कार्यक्रमकाे पूर्णपाठ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने