गाजा । हमास–इजरायल युद्धमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको छ । गाजाको रफाहमा यूएनका भारतीय कामदारको गाडीमा आक्रमण हुँदा मृत्यु भएको बताइएको छ । इजरायल–हमास द्वन्द्वमा यूएनको विदेशी कर्मचारीले ज्यान गुमाएको यो पहिलो पटक हो ।
मृतक यूएनको भारतीय सुरक्षा विभाग (डीएसएस)का कर्मचारी भएको बताइएको छ । पीडितको परिचय भने खुलाइएको छैन । यद्यपि, मृतक भारतका बासिन्दा भएको र भारतीय सेनाका पूर्व सिपाही भएको बताइएको छ । यस घटनामा डीएसएसका अर्का कर्मचारी घाइते भएका छन् ।
गाजामा जारी युद्धका कारण ठुलो सङ्ख्यामा सर्वसाधारण हताहत भएका छन् । त्यहाँ मानवीय कामदारहरूले पनि ज्यान गुमाइरहेका छन् । तत्कालै युद्धविराम र सबै बन्धकहरूको रिहाइको लागि यूएनका महासचिव एन्टोनियो गुटेरेसले पुनः अनुरोध गरेका छन् ।
ट्वीटरमा एक पोस्टमा उनले गाजामा यूएनको गाडीमा हमला हुँदा एक सहकर्मीको मृत्यु भएको र अर्का एक जना घाइते भएको बताएका छन् । गाजामा अहिलेसम्म यूएनका १९० भन्दा बढी कर्मचारी मारिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु