काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुन नदिने संकेत गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही नहुँदासम्म पछि नहट्ने बताए ।
सहकारी प्रकरणको छानबिन गर्ने सम्बन्धमा आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै उनले भने, ‘सहकारीका ठगलाई कारबाही नगर्दासम्म हामी पछाडि हट्दैनौँ । नीति तथा कार्यक्रमका विषयमा सरकारले जान्ने कुरा हो !’
सोमबार धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै लेखकले सहकारीबाट लाखौँ मान्छेलाई ठगी गर्नेलाई जोगाउन जुनसुकै पार्टी र नेता लागे पनि कांग्रेस पछि नहट्ने बताए ।
उनले भने, ‘लाखौँ गरेका मान्छे सहकारीबाट ठगिएका छन् । सहकारीका ठग बचाउनका लागि जो सुकै पार्टी र जो नेता लागे पनि हाम्रो पार्टी पछि हट्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
गृहमन्त्रीको एक वर्ष : कानुनी सुधारको प्रयास
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
नागरिकता विधेयकअसार १४ गते पास हुन्छ : गृहमन्त्री लेखक
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक