काठमाडौं । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिनका लागि बिहान ११ बजे बस्ने भनिएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । नेपाली कांग्रेस आन्तरिक छलफलमा रहेपछि बैठक सुरु हुन नसकेको हो ।
सरकारको वैधतामा प्रश्न उठाउँदै अदालतमा मुद्दा विचाराधीन रहेको बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेस असन्तुष्ट छ । आजको प्रदेश सभा बैठकमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने जनाएको छ । यदि त्यसको बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)