काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ ।
कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बोलाएको दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सारेको हो । आफ्नो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आजको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरिएको बुझिएको छ ।
आइतबार बिहानको भेटमा संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक