काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ ।
कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बोलाएको दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सारेको हो । आफ्नो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आजको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरिएको बुझिएको छ ।
आइतबार बिहानको भेटमा संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप