काठमाडौं। काठमाडौंको बत्तीसपुतलीमा सामान्य विवादबीच मोरङका २४ वर्षीय शम्भु धिमालको चक्कु प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।प्रहरीले हत्यामा संलग्न चार जनालाई पक्राउ गरी सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो ।शनिबार राति बत्तीसपुतलीको मुख्य सडकमा धिमालमाथि अन्धाधुन्ध चक्कु प्रहारगरिएको थियो।
पक्राउ चारै जना नाबालक रहेको प्रहरीले जनाएको छ ।कक्षा ९ र १० मा पढ्दै आएका नाबालकहरूले सामान्य विवादलाई लिएर धिमालमाथि चक्कु प्रहार गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग धिमालको कुम ठोक्किएको रहेछ, त्यतिकैमा किन ठेलेको ? निहुँ खोजेको हो ? भनेर धिमालमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको देखियो', काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले लोकान्तरसँग भने', चारै जना नाबालक रहेछन्, हामी थप अनुसन्धान गर्दैछौं ।’
पक्राउ परेका मध्येका तीन जनाले मदिरा सेवन गरेका प्रहरीले जनाएको छ ।मृतक धिमालसँग गएका मनीष चौधरी भने सामान्य घाइते भएका छन् ।
पक्राउ परेकाहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १३ : ३४
लेखकबाट थप