काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुबै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ।
नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ। भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो।
भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाको प्रतिबद्धता : ‘सुकुमवासी व्यवस्थापन र विराटनगर विकासलाई प्राथमिकता’
‘सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई छोड्दिनुस्’ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन: डा. शेखर कोइराला