आमिर खानले गरे ‘सरफरोश २’को घोषणा

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, ११ : २६
आमिर खानले गरे ‘सरफरोश २’को घोषणा

नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानको फिल्म सरफरोश रिलिज भएको २५ वर्ष भयो । हालै फिल्मको २५ औँ वार्षिकोत्सव मनाउन एउटा ठुलो पार्टीको आयोजना गरिएको थियो । रेडियो नाशाले आयोजना गरेको सरफरोसको स्क्रिनिङमा फिल्मका कलाकारहरू र फिल्म उद्योगका सेलिब्रेटीहरुको सहभागिता रहेको थियो ।

सरफरोशको स्पेशल स्क्रिनिङ मुम्बईको पीभीआर जुहूमा भएको थियो । यस कार्यक्रममा आमिर खानले सञ्चार माध्यमहरूसँग कुरा गर्ने क्रममा सरफरोश २ बारे खास घोषणा गरेका छन् । सही स्क्रिप्टको साथमा सही किसिमको फिल्म लिएर आउने कुरालाई गम्भीरताका साथ लिएको उनले कार्यक्रममा भनेका थिए । सरफरोश २ बन्नै पर्छ भन्ने आफूलाई पनि लागेको आमिरको भनाइ थियो ।

निर्देशक जोन म्याथ्यू माथन सरफरोसको दोस्रो पार्टमा काम गरिरहेको हल्ला धेरै वर्षदेखि चलिरहेको थियो । कुनै बेला यो फिल्ममा अभिनेता जोन अब्राहम मुख्य भूमिकामा रहने खबर पनि आएको थियो । तर सन् २०२० मा जोन आफैँले सरफरोशको सिक्वेलमा आफूले काम गरी नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस