बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई

पत्रपत्रिकाबाट

सोमबार, ०८ असोज २०७५, ०७ : ३३
बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई

सरकारले १२ सय मेगावटको बुढीगण्डकी  जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई ने जिम्मा लगाएको छ । 

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको खबर नयाँ पत्रिका दैनिकमा खबर छ ।

 ‘बुढीगण्डकी परियोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गनै निर्देशन प्राप्त भएको छ’ उर्जामन्त्री वर्षमान पुनले भने, ‘अब कम्पनीलाई बोलाएर वार्ता गछौं र समझदारीपत्रमा हस्ताक्षर गछौं ।’

ईपिसिएफ मोडलमा आयोजना बनाउन डेढ बर्षअघि २१ जेठ ०७४ मा उर्जा मन्त्रालय र सिजिजिसीबीच समझदारी भएको थियो । 
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा निर्णय भएको ५ महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले समझदारी खारेज गरेको थियो ।, यो खबर आजको कारोवार दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस