काठमाडौँ । संघीय संसदको दुबै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय हुँदा नेपाली कांग्रेसलिे अवरोध कायमै राख्ने जनाएको छ ।
संघीय संसद सचिवालयले संघीय संसदको संयुक्त बैठक दिउँसो ३ बजे बस्ने गरेर समय निर्धारण गरिसकेको छ । तर, आफूहरुको माग सम्बोधन नभएसम्म सदन चल्न नदिने कांग्रेको भनाइ छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्री रवि छामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अवरुद्ध हुने बताए । कांग्रेसले शुक्रबार। बसेको बजेट अधिवेशनको पहिलो बैठकमा पनि अवरुद्ध पारेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस