निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ भएकोबारे छानविन उपसमिति गठन

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, १५ : ५०
निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ भएकोबारे छानविन उपसमिति गठन

काठमाडौँ । नेपाल  वायूसेवा निगमको ९ एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ ।  निगमका कार्यकारी अध्यक्ष यूबराज अधिकारीको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले संचालक समिति सदस्य सुधिर समशेर राईको संयोजकत्वमा पाँच   सदस्यीय छानविन उपसमिति गठन गरेको हो । 

उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डष्ट्री–आईएआईमा  मर्मत संभार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानविन एवम् अध्ययन गरी पन्ध्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको प्रवक्ताद्वय रमेश पौडेल र देवेन्द्र पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

अधिकारीले नेपाल वायूसेवा निगम र इजरायली कम्पनीबीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी सम्बन्धित विभागलाई निर्देशन समेत दिइसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस