काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बसेको हो।
आज दिँउसोबाट बजेट अधिवेशन सुरु हुने भएकाले कांग्रेसले संसदमा खेल्ने भूमिका र सहकारी ठगी प्रकरणको विषयमा छलफल भइरहेको छ। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ।
यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो।
सरकारले जेठ १५ गते बजेट र त्यस अगाडि नीति तथा कार्यक्रम ल्याउँदैछ। यस अगाडि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै निरन्तर संसद अवरोध गरेको थियो। कांग्रेसले लामिछानेसमेत हिस्सेदार रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट लगानी गरी आर्थिक अपचलन भएको बताउँदै संसदीय छानबिनको माग गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक