काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।
दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरूलाई गएराति पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ । उनीहरू हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशंका छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ