इलाम । इलाममा गोरु बोकेको गाडी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्।
इलाम नगरपालिका– ५ को भित्री सडकमा गएराति करिब दुई बजे चार वटा गोरु बोकेको प्र १–०३–००१ च ००६९ नम्बरको पिकप गाडी सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
दुर्घटनामा इलाम-५ का २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको हो। गाडि सडकबाट करिब ६० मिटर तल खसेको छ।
दुर्घटनामा गाडी चालक इलाम-४ का २० वर्षीय अभिषेक तिवारी पनि घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु