भरतपुर । भरतपुरमा इलेक्ट्रिक स्कुटर आफै अनियन्त्रित भई पल्टिदा ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान करिब ९ बजेर २० मिनेटको समयमा कटहर चोकबाट चौबिसकोठी तर्फ जाँदै गर्दा सो दुर्घटना भएको थियो ।
स्कुटर चालक भरतपुर– ७ कटहर चोक बस्ने अन्दाजी ६५ वर्षिय खडक राज पाध्य सुवेदीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बुधबार दिउँसो करिब ३ बजेर ४० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना पश्चात सुवेदीको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु