काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ । केही विषयमा परीक्षा भएर पनि लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको अवस्थामा त्रिविले असार मसान्तभित्रमा सबै नतिजा प्रकाशित गरिसक्ने बताएको हो ।
त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पुरानो नतिजा असारभित्र प्रकाशित गर्नेगरी तयारी गरिएको बताए ।‘हामी आइसकेपछि पुराना नतिजाहरू के कति बाकी छ, त्यसको रिपोर्ट लिइरहेका छौँ ।
पुराना सबै नतिजा असारभित्र प्रकाशित गर्ने गरी तयारी गरेका छौँ । ढिलोमा असारभित्र पुरानो परीक्षाको नतिजा प्रकाशित हुन्छ,’ रजिस्ट्रार रिजालले भने ।
त्रिविले एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । कर्मचारीको अभावमा नतिजा प्रकाशन गर्नमा ढिलाइ भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी