काठमाडौं। सुन तस्करीमा जोडिएका दाबा लामाको लगानी रहेको होटल भियनाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ठमेलमा सञ्चालित होटलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार साँझ छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले हुण्डी कारोबार गरेको प्रहरीको आशंका छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप छानबिन भइरहेको छ । ‘भियनामा हुण्डी कारोबार भइरहेको सूचना आएपछि हाम्रो टोलीले तीन जनालाई पक्राउ गरेको हो । थप बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ