एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।
सनराइजर्सले दिएको १७४ रनको लक्ष्य पछाएको मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईको जितमा सूर्यकुमार यादवले ५१ बलमा १०२ रन अविजितको शतकीय पारी खेलेका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।
यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ४ जित हासिल गरेको मुम्बई प्लेअफको दौडबाट भने बाहिर भइसकेको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने यो पाँचौं हार हो । ११ खेलमा १२ अंक रहेको सनराइजर्स अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ बैशाख २०८१, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
आइपिएल : राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
आइपिएलमा आज राजस्थान र पञ्जावको भिडन्त
आइपिएल : लखनउमाथि दिल्ली १९ रनले विजयी
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै