दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण

पत्रपत्रिकाबाट

आइतबार, ०७ असोज २०७५, ०७ : ५९
दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण

वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दातको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् । उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् । 

दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन । काम थाती राखेर कर्मचारी पालैपाले विदेश जाने गरेका छन् । 

विदेश भ्रमणपछि दाताकैअनुकुल निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ । मन्त्री शक्तिबहादुर बस्नेतलाई नटेरी दाताको खर्चमा कर्मचारी विदेश घुम्ने गरेका छन् । सचिव डा. विश्वनाथ आली तीन महिनाको अवधिमा दुईपटक विदेश गइसकेका छन् । 

ओली १९ देखि २४ भदौसम्म युएनसिसिएसको आर्थिक सहयोगमा थाईल्यान्ड घुमेका थिए ।  साउनमा पनि दातृ निकायकै बजेटमा एक साताका लागि जर्मन गएका थिए ।  वन तथा भुसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल एकै महिनामा दुईपटक विदेश भ्रमण गर्ने महानिर्देशकमा पर्छन । 

लम्सालले ३ देखि ५ भदौसम्म युएनको आर्थिक सहयोगमा सिरियाको भ्रमण गरेका थिए ।, भने १५ देखि २४ भदौसम्म थाईल्यान्डको भ्रमण गरेका थिए ।,आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस