काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ । आन्तरिक तयारी नपुगको भन्दै पार्टीको बैठक सारेको हो ।
वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्यूरो र ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ ।यसअघि क्रमशः बैशाख २६, २७ र २८, २९ गते बस्ने भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनको तरंग यसबेला नेकपा एसमा परेको छ ।
उपेन्द्रसँग अध्यक्ष माधव नेपालले वैकल्पिक गठबन्धनको गृहकार्य अगाडि बढाएपछि जसपा विभाजन भएको थियो । त्यसपछिको घटनाक्रमबारे छलफल गर्न अहिले संसदीय दलको बैठक बस्दैछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय