नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

पत्रपत्रिकाबाट

आइतबार, ०७ असोज २०७५, ०७ : ४६
नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित

समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । जापान अन्तर्राष्ट्रिय तालिम  सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ । तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो ।

प्रशिक्षर्थी कामदार लैजान जापानले २८ नोभेम्बर २०१६ मा छुट्टै प्राविधिक प्रशिक्षण तालिम ऐन नै तयार पारेको थियो । यसअघि जिट्कोअन्तर्गत जापानले प्रशिक्षर्थाी कामदार लैजाँदै आएको थियो । 

जापानले १ नोभेम्बर २०१७ देखि भने नयाँ व्यवस्था लागू गरेको हो। जिट्कोअन्तर्गत नेपाललगायत १५ मुलुकबाट प्रशिक्षार्थी कामदार लग्दै आएको जापानले टीआईटीपीअन्तर्गत पनि तिनै मुलकबाट कामदार लैजाने घोषणा गरेको छ । त्यसका लागि छुट्टाछुट्टै एमओसी गर्नुपर्ने हुन्छ ।, तर, कार्यक्रम सुरु भएको १० महिना बितिसक्दासमेत नेपााल सरकारसँग द्दीपक्षीय समझदारी हुन सकेको छैन । 
आठ मुलुकले भने यसअघि नै प्राविधिक प्रशिक्षार्थी कार्यक्रमसम्बन्धी समझदारीमा हस्ताक्षर गरिसकेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस