एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ। साथै ७४ जना बेपत्ता भएका छन्।
स्थानीय प्रशासनका अनुसार शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्।
अझै वर्षाको सम्भावनाबीच करिब ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन बाँच्न बाध्य छन्। बाढीका कारण करिब २५० सहर प्रभावित भएका छन्। हावाहुरीका कारण धेरै ठाउँमा क्षति भएको छ।
बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ। अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ। पोर्टो एलेग्रे र यसको वरपरका क्षेत्रका सडक बाढीमा परिणत भएका छन्।
पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ बैशाख २०८१, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च