खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

पत्रपत्रिकाबाट

आइतबार, ०७ असोज २०७५, ०७ : १६
खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । तर दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ । 

सो क्षेत्रका प्रदेश सांसद ईन्द्रजित थारुले बर्षौँदेखि कोईलाबासकाा स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन् । 

बेलाबेलामा भारती पक्षले त्यही पानी पनि बन्द गरिदिन्छ । नेपालीलाई पानी दिएबापत एसएसबीले नेपालको बिजुली प्रयोग गरेको छ । 

गत चैतमा विधुत् महशुलका विषयमा विवाद हुँदा पानी दिन बन्द गरिदिएपछि कोईलाबास काकाकुल बनेको थियो । 

सभासद थारुका अनुसार करिव दुई सय घरपरिवार रहेको कोईलाबासमा अहिलेसम्म खानेपानीका लागि एउटा मात्रै बोरिङ छ । 
त्यही बोरिङ पनि गर्मीयाममा सुक्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस