सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

पत्रपत्रिकाबाट

आइतबार, ०७ असोज २०७५, ०७ : १३
सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

काठमाडौं  । उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गरेका छन् । 
यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताएका छन् ।

तत्काल भारतीय बुलेटधनीको मागअनुसार भाडादर समायोजन नभए दशैंतिहारजस्तो चाडपर्वमा ग्यासको हाहाकार हुन सक्ने संघको भनाइ छ । 

निगमले प्रतिसिलिन्डर उद्योगीलाई २८१.०५ रुपैयाँ दिँदै आएको छ । उद्योगीलाई एकमुष्ट यो रकम दिएर प्रतिसिलिन्डर १४ सयमा बेच्दा निगमलाई ३०९.७९ रुपैयाँ नोक्सान छ । 

उद्योगीले भनेजस्तो ढुवानी खर्च बढाइदिँदा उपभोक्ता मूल्य र निगमको नोक्सानी बढ्नेछ ।  उद्योगीले सात आठ बर्षदेखि हरेक दशैंअघि आन्दोलन गर्दै आएका छन् ।   आजको नयाँ पत्रिकामा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस