एजेन्सी । बेलायतको लण्डनको मेयरमा सादिक खान पुनः निर्वाचित भएका छन् । सादिक खानले तेस्रो कार्यकालका लागि जित हासिल गरेका हुन् ।
लेबर पार्टीका उम्मेदवार सादिक खान ४३ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको बिबिसीले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ कन्जरभेटिभ पार्टीकी उम्मेदवार सुसान हलले ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।
बेलायतको राजधानी लण्डनमा तीन वर्षअघि भएको मेयरको निर्वाचनको तुलनामा सादिक खानले यसपटक सात प्रतिशत बढी मत प्राप्त गरेका छन् । बेलायतमा भएको स्थानीय निकायको निर्वाचनमा लेबर पार्टीका उम्मेदवारले राम्रो प्रदर्शन गरेका छन् ।
अबको केही महिनामा बेलायतमा पनि आम निर्वाचन हुन लागेको छ । अधिकांश सर्वेक्षणमा लेबर पार्टीले अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ बैशाख २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली
दिक्तेलका मेयरले काठमाडौंमा सुरु गरे ‘सत्याग्रह’
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति
बागमतीका मेयर–उपमेयरको मुद्दा हेर्न नमिल्नेमा