काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण राजनीतिक, वित्तीय तथा प्रशासनिक सङ्घीयता, समितिले सङ्घीयता सबलीकरणको लागि गर्नुपर्ने थप कार्यहरूबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी
आज ९ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै