काठमाडौँ । इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक हप्ताको समय दिएको छ ।
इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् । इजरायलले हमासको प्रस्ताव स्वीकार नगरे गाजाको रफाह क्षेत्रमा जमिन आक्रमण गर्ने बताएको छ ।
हमासका एक शीर्ष अधिकारीले यो शान्ति प्रस्तावलाई सकारात्मक दृष्टिकोणका साथ अध्ययन गरिरहेको बताएको मध्यस्थकर्ताहरुले बताएका छन् । हमासका अधिकारी होसम बद्रनले इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा सैन्य कारबाही अघि बढ्छ भनेर बारम्बार भन्दै सम्झौताको सम्भावनालाई हानी गरेको आरोप लगाएका छन्।
यसैबीच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले रफाहमा आक्रमण गरेमा ठूलो जनधनको क्षति हुने र मानवीय सङ्कट झन् गम्भीर हुने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ बैशाख २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का