हेटौँडा । बागमती प्रदेश सभाको सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आह्वान गरिएको उक्त बैठकमा संसदीय समितिको सभापति टुङ्गो लगाउने गरी छलफल गर्ने तयारी रहेको छ । बैठकले बजेट अधिवेशन आव्हानसम्बन्धी छलफल तथा सत्ता समीकरण परिवर्तन पछि संसदीय गतिरोध समाधान गर्ने गरी छलफल गर्ने कार्यसूची रहेको छ।
गत चैत १९ गते यता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । चैत १९ मा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत लिएसँगै स्थगित गरिएको प्रदेशसभा अधिवेशन वैशाख १२ गतेको मन्त्रिपरिषद्को सिफारिस अनुसार अन्त्य गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सभा: दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
बागमती प्रदेश सभा चैत २४ गते बस्ने
बागमती प्रदेश सभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
बागमती प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेश सभाको बैठक अनिश्चित
जेनजी आन्दोलनबाट बागमती प्रदेश सभामा ३५ करोड बराबरको क्षति