सर्वोच्चको आदेशप्रति प्रेस चौतारीका अध्यक्ष बस्नेतको आपत्ति

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, ११ : ११
सर्वोच्चको आदेशप्रति प्रेस चौतारीका अध्यक्ष बस्नेतको आपत्ति

काठमाडौँ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सर्वोच्च अदालतको पछिल्लो आदेश सञ्चार माध्यममाथि आपत्ति जनाएका छन् । विश्व प्रेस दिवस तथा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनलाई शुक्रवार राजधानीमा बोल्दै उनले अदालतको आदेशप्रति आपत्ति जनाएका हुन् ।

‘सर्वोच्च अदालतबाट जुन आदेश आयो । न्यायालयको भाषा मेरो विरुद्ध आँखा उठायो त्यसको आँखा फुटाउँछौँ भन्ने खालको भयो । हामी प्रेस स्वतन्त्रका लागि मर्न तयार छौँ शिर झुकाउँदैनौँ’, आक्रोश पोख्दै उनले भने ।उनले गणतन्त्रको रक्षा, आर्थिक मुद्दाको पक्षमा सबै एक ठाउँमा आउन जरुरी बताएका छन् ।

प्रतिक्रिया दिनुहोस