काठमाडौँ । आज एकै पटक चारवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना, विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१-०८२ का सम्बन्धमा पूर्व बजेट छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी
आज ९ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै