काठमाडौँ । आम जनता पार्टी (आजपा) ले भन्सार कानुनमा रहेको विवादास्पद व्यवस्था खारेजीको माग गर्दै आन्दोलनलाई पुनः निरन्तरता दिएको छ । आजपाले बिहीबारदेखि भन्सारविरुद्ध चौथो चरणको आन्दोलन थालेको हो ।
आफूहरूको माग सम्बोधनका लागि वैशाख १२ गते भन्सार विभाग मार्फत सरकारलाई सचेतना पत्र बुझाइए पनि सुनुवाइ हुन नसकेपछि पूर्वघोषित कार्यक्रम गरिएको अध्यक्ष प्रभु साहले बताए ।
उनका अनुसार पार्टीनिकट सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभागमा धर्ना एवं घेराउ गरिएको छ । आजपाले भन्सार कानुनमा रहेको ४५ पुरस्कारको विवादित प्रावधान हटाउन माग गर्दै आएको छ ।
अवैध भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द झन्डै ६ महिना देखि आजपाले निरन्तर सङ्घर्ष गर्दै आएको साहको भनाइ छ । देशको समृद्धिसँग जोडिएको यो सङ्घर्ष माग पूरा नभएसम्म जारी रहने सो पार्टीको भनाइ छ ।
_Vpgv2hdGQl.jpg)



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघर्ष सहित निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा तोक्यो कमाण्ड
आजपाको केन्द्रीय कमिटी पुनर्गठन, केन्द्रीय कार्यालय १४ सदस्यीय
आजपाले छठपछि आन्दोलन गर्ने
काठमाडौंमा खबरदारी सभा गर्दै आजपा
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने