काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौंको १०, ललितपुरको ३ र भक्तपुरको २ गरी १५ वटै निर्वाचन क्षेत्रमा आजपाले उम्मेदवार टुंगो लगाएको हो ।
काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले १५ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउदै उम्मेदवारी दर्ताका लागि पार्टीबाट आधिकारिक पत्र समेत दिएको छ ।
काठमाडौं क्षेत्र नं. १ मा कमल सुवेदी, २ मा तिलक थापामगर, ३ मा रुपसागर उपाध्याय, ४ मा कमेश सिंह, ५ मा देव थापा, ६ मा सफलता बोगटी, ७ मा प्रदिप भट्टराई, ८ मा खगेस रंजित, ९ मा इरज श्रेष्ठ र १० मा मिन बुढाथोकीलाई आजपाले उम्मेदवार बनाएको संगठन विभाग प्रमुख त्रिभुवन साहले जनाएका छन् ।
आजपाले चुनावी गठबन्धन गरेको जनादेश पार्टीबाट काठमाडौं ४ मा सिंह र काठमाडौं ७ मा भट्टराई उम्मेदवार हुन । ललितपुरको क्षेत्र नंं. १ मा अरुण संजु, २ मा लखिन्द्र साह र ३ मा रामप्रसाद भट्टलाई आजपाले उम्मेदवार बनाएको छ । यसैगरी भक्तपुर क्षेत्र नं. २ मा देवकुमारी साह र भक्तपुर क्षेत्र नं. १ मा आजपा अध्यक्ष प्रभु साहले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पाएका छन ।
आजपा सचिवालय सदस्य सुभाष साहका अनुसार पार्टीले सातै प्रदेशको १६५ वटै क्षेत्रमा उम्मेदवारलाई प्रतिस्पर्धामा उतार्दैछ । काठमाडौं उपत्यकाको १५ सहित कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश सहित सातै वटै प्रदेशका सबै क्षेत्रमा आजपाका उम्मेदवार माघ ६ गते उम्मेदवारी दर्ता गर्ने अन्तिम तयारीमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघर्ष सहित निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा तोक्यो कमाण्ड
आजपाको केन्द्रीय कमिटी पुनर्गठन, केन्द्रीय कार्यालय १४ सदस्यीय
आजपाले छठपछि आन्दोलन गर्ने
काठमाडौंमा खबरदारी सभा गर्दै आजपा
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने