इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत भएको मतगणनाको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ।
विजयी नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम बाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो।
जित्ने दाबी गर्दै चुनावमा होमिएका रास्वपाका मिलन लिम्बूले पनि ५ हजार ५० भोटमात्र ल्याए। उनी चौंथो स्थानमा छन्।
जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ।
कुल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको हो। जसको १० प्रतिशत ६ हजारभन्दा बढी मत हुन्छ। लिम्बूले त्यति पनि भोट ल्याउन सकेनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने
रास्वपा महाधिवेशन : आज बन्दसत्र सुरु हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने