अमेरिकी कुकुरलाई नेपाली छुर्पी

पत्रपत्रिकाबाट

शनिबार, ०६ असोज २०७५, ०८ : ३७
अमेरिकी कुकुरलाई नेपाली छुर्पी

काठमाडौं । छुर्पी नेपाली युवायुवतीबीच निकै लोकप्रिय छ । तर, त्यही छुर्पी अमेरिकामा भने कुकुरका लागि पोसिलो खाना बनेको छ ।
हिमालयन डग च्यू’ ब्रान्डका रूपमा हिमालयन पेट सप्लाईका सुजन श्रेष्ठ, सुमन श्रेष्ठ र निशेष श्रेष्ठले एक दशकभन्दा लामो समयदेखि नेपाली छुर्पी अमेरिकामा कुकुरका लागि पोसिलो खानाका रूपमा निर्यात गर्दै आएका छन् । कम्पनीले अहिले वार्षिक करिब ३० करोड रुपैयाँबराबरको छुर्पी अमेरिका लाने गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस