रौतहट । रौतहटबाट प्रहरीले गाँजासहित दम्पतिलाई पक्राउ गरेको छ।
कटहरिया नगरपालिकाबाट शनिबार साढे १० किलो गाँजासहित पतिपत्नीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ पर्नेमा बाराको निजगढ–१ घर भएका ४२ वर्षीय अनन्त बराइली र उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइलीछन्।
कटहरिया–२ मा प्र.२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास्टिकमा बेरिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।
अटो अनन्तले चलाएका थिए। मञ्जु सोही रिक्सामा सवार थिइन्। सुराकीको आधारमा गाँजासहित दम्पतिलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो