काठमाडौँ । उपनिर्वाचन भइरहेको इलाम क्षेत्र नम्बर २ मा ५१ प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
इलाम २ मा साना ठूला दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् । यहाँ ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ बैशाख २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश