एसएसपी सरुवा : काठमाडौं परिसर र अपराध महाशाखाको प्रमुख फेरिए

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, १२ : २८
एसएसपी सरुवा : काठमाडौं परिसर र अपराध महाशाखाको प्रमुख फेरिए

काठमाडौं। प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको प्रमुख फेरिएका छन् ।प्रहरी प्रधान कार्यालयले शुक्रवार काठमाडौं परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई जिम्मेवारी तोकेको छ ।

भट्टराई यसअघि राष्ट्रिय सुरक्षा परिषद र रजौरे अपराध अनुसन्धान विभागमा थिए ।प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर देशबाहिर रहेका बेला सरुवा भएको हो ।

 

 

आईजीपी कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्सको लियोनमा छन् ।परिसरमा यसअघि  एसएसपी भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्रसिंह राठौर थिए ।

प्रतिक्रिया दिनुहोस