काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अपारदर्शी कालो धनबाट चन्दा लिएर पार्टी नचलाउने उद्घोष गरेका छन् । आज (बुधबार) इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बरु पार्टीको सटर बन्द गर्न तयार रहेको तर चन्दा नलिने बताएका हुन् । ‘बरु पार्टीको सटर बन्द गर्न तयार छु, अपारदर्शी कालो धनको चन्दा लिँदैनौं,’– उनले भने ।
साथै, इलाम–२ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवार मिलन लिम्बुको जित सुनिश्चित रहेको बताए । रास्वपा सबैभन्दा बढी पारदर्शी र समानुपातिक दल रहेको उनको दाबी छ । उनले रास्वपाले सबैको पहिचानलाई सम्मान गर्ने बताए ।
आफूहरु चुनाव हार्न तयार रहेको तर जनतालाई फुटाएर र जुधाएर राजनीति नगर्ने उनले बताए । व्यवहारमा कहिले पनि लागू नहुने पहिचान कागज र नारामा सीमित नगर्न उनले आग्रह गरे । पहिचान कस्तो हुन्छ भन्ने हेर्न मन लागे उनले रास्वपामा हेर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ