काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अपारदर्शी कालो धनबाट चन्दा लिएर पार्टी नचलाउने उद्घोष गरेका छन् । आज (बुधबार) इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बरु पार्टीको सटर बन्द गर्न तयार रहेको तर चन्दा नलिने बताएका हुन् । ‘बरु पार्टीको सटर बन्द गर्न तयार छु, अपारदर्शी कालो धनको चन्दा लिँदैनौं,’– उनले भने ।
साथै, इलाम–२ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवार मिलन लिम्बुको जित सुनिश्चित रहेको बताए । रास्वपा सबैभन्दा बढी पारदर्शी र समानुपातिक दल रहेको उनको दाबी छ । उनले रास्वपाले सबैको पहिचानलाई सम्मान गर्ने बताए ।
आफूहरु चुनाव हार्न तयार रहेको तर जनतालाई फुटाएर र जुधाएर राजनीति नगर्ने उनले बताए । व्यवहारमा कहिले पनि लागू नहुने पहिचान कागज र नारामा सीमित नगर्न उनले आग्रह गरे । पहिचान कस्तो हुन्छ भन्ने हेर्न मन लागे उनले रास्वपामा हेर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट