काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज मध्यरातदेखि मौन अविधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही १५ वैशाखमा हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुन लागेको हो ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले समेत चुनाव प्रचार–प्रसार गर्न पाउने छैनन् ।
एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । सामाजिक सञ्जालबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दललाई आयोगले अनुरोध गरेको छ ।
आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।
मौन अवधिमा के के गर्न पाइँदैन?
-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।
-मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
-एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
-अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब ढुक्कैसँग निर्वाचन हुन्छ: निर्वाचन आयोग
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र अनुसार मतदाताको तथ्यांक सार्वजनिक
समानुपातिक सूचीबाट हटाइएका व्यक्तिको विवरण सार्वजनिक
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक