काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र बारे निर्णय गरेको छ ।
आयोगले इलाम- २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० बैशाख २०८१, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग