पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाउको छ।
मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्ड हुँदै झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्वरको जीप आइतवार सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।
उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर-६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनीहरुलाई पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० बैशाख २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु