एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २६७ रनको विशाल लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अल आउट हुदै १९९ रन बनाएको थियो ।
यसअघि ट्राभिस हेडको आक्रामक ३२ बलमा ८९, अभिषेक शर्माको १२ बलमा ४६ शहबाज अहमदको ५९ तथा नितिश रेड्डीको ३७ रनको मद्धतले सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउदै २६६ रन बनाएको थियो ।
यो जितपछि सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सनराइजर्सको ७ खेलमा ५ जित र २ हारसहित १० अंक भएको छ ।
त्यसैगरी दिल्ली क्यापिटल्सको भने ८ खेलमा ३ जित र ५ हारसहित ६ अंक रहेको छ र अंकतालिकामा सातौ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ बैशाख २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
आइपिएल : मुम्बईमाथि कोलकोता २४ रनले विजयी
आइपिएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै
आइपिएल : दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी
आइपिएल : लखनउमाथि राजस्थानको सहज जित